११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस–माओवादी त्यागेर २ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश

कांग्रेस–माओवादी त्यागेर २ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश




खोटाङ,१५ कातिक । खोटाङमा विभिन्न पार्टी परित्याग गरी २० भदौदेखि ९ कातिकसम्म हजार १ सय ३७ जना एमालेमा प्रवेश गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा भव्य रुपमा अधिवेशन सम्पन्न भई सर्वसहमतले नेतृत्व चयन गर्दा उक्त संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका नेकपा एमाले खोटाङले जनाएको छ ।

नेकपा एमाले खोटाङले जिल्लाका दशैवटा स्थानीय तहमा उत्प्रेरकको जिम्मेवारी तोकेको छ । आउदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौ महाधिवेशनलाई लक्षित गर्दै तोकिएको जिम्मेवारीमा खोटाङमा ९ हजार ६ सय ७३ जना संगठित सदस्य रहेको जनाइएको छ ।

कातिक १२ मा पुष्पलाल स्मृति भवन दिक्तेलमा बसेको जिल्ला कमिटीको सातौं सचिवालय बैठकले ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेँसी गाउँपालिकामा विणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा रामप्रसाद दंगाललाई उत्प्रेरकको जिम्मेवारी तोकिएको नेकपा एमाले खोटाङले जनाएको छ ।

उत्प्रेरकको जिम्मेवारी पाएकाहरुले २६ कात्तिकभित्र नविकरण गर्ने, नयाँ सदस्यता फारम भराउने र सदस्यताको रेकर्डलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने एमालेका पार्टी सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । सोही पालिकाभित्रका नेताहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी एवं सदस्यहरु, वडा कमिटीका अध्यक्षहरु र जनवर्गीय संगठनका अगुवाहरु समेतको सक्रियतामा सबै पालिका र वडाहरुमा खटिई सदस्यता चुस्त दुरुस्त गर्ने आचार्यले बताउनुभयो ।

संगठित सदस्य संख्याका आधार र कोटामा गरी दशौ महाधिवेशनमा जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्। एमालेको सचिवालय वैठकले बेमौसमी अति वर्षाका कारण ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र पानीले पाक्न लागेको धानवालीमा क्षति पुगेका कृषकहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

पार्टी कमिटीका सदस्यहरुलाई कृषिमा पुगेको क्षतिको लगत संकलन गर्न पनि आग्रह गरेको छ । चयन हुँदा पालिकामा ७५० जना र वडामा २ हजार ४४९ जना गरी एकैचोटी ३ हजार १९९ जनाले पार्टीको नयाँ जिम्मेवारी पाएको र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा ३१ सदस्यीय पुरै कमिटी महिला मात्र बन्नुलाई ऐतिहासिक र जिल्लाकै गौरव गर्न लायक पार्टी भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ००:००  २ : ५८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली