११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको पाँच वर्ष बित्यो, हत्यामा संलग्न अझै पत्ता लागेन

के दोषी पत्ता लाग्ला त ?

तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको पाँच वर्ष बित्यो, हत्यामा संलग्न अझै पत्ता लागेन

के दोषी पत्ता लाग्ला त ?



खोटाङ, १७ कातिक । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न तीन स्थानका तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको लामो समय बित्यो । तीनैजना महिलाका हत्यारा अझै पत्ता लाग्न सकेको छैन् ।

प्रहरीले महिलाहरुको हत्यारा पत्ता गाउन नसक्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ । महिलाको श्रृङ्लावद्ध हत्यामा संलग्न दोषी पहिचान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान जारी राखेको जनाएपनि पत्ता लगाउन नलाग्दा जिल्लामा हुने हरेक कार्यक्रमका वक्ताहरुले प्रहरीमाथि प्रश्न गरेका हुन् ।

खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङको २०७३ साल माघ २६ गते बुधबार बिहान विभत्स हत्या भएको थियो । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा २०७४ साल जेठ १६ गते हत्या गरिएको अवस्थामा शव फेला परेको थियो भने २०७४ साउन ४ गते जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको पनि हत्या गरिएकै अवस्थामा शव फेला परेको थियो ।

माइती घर जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिवालयबाट दिप्लुङ घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी महिलाको दोश्रो दिन शव फेला परेको थियो । मृतक देबीको शव सडकभन्दा करिब पाँचसय मिटर तल मानव शरीर कम्मरमुनिको कपडा खोलिएको अवस्थामा र टाउकोबाट रगतबगिरहेको अवस्थामा उनको शव भेटिएको थियो ।

यस्तै, खोटेहाङ गाउँपालिकाकै सिम्पानी बजारमा होटल व्यवसायी शिव खड्काको होटलमा कामगर्दै आएकी रिताको शव कुसेऔंशीजंगलको बाटो भन्दाकरिब ४० मिटर तल भीरमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको थियो ।

यस्तै, अर्की मृत महिला ज्ञानीमायाको स्याउला काटेर घर फर्कनेक्रममा ईलाका प्रहरी कार्यालय महादेबस्थान भन्दा केही पर हत्या भएको थियो । हत्या भएको चार वर्ष बित्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा मृतक ज्ञानीमायाका श्रीमान डिकबहादुर विश्वकर्मा प्रहरी प्रशासनसँग आक्रोसित छन् ।
वि.सं. २०७३ सालयता जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रमुख प्रहरी नायब उपरीक्षक विद्यानन्दमाझी, नवीनकिशोर प्रधान, लोकदर्शन थापा, राजकुमार केसी, बामदेव गौतम र नारायणप्रसाद चिमरीयाले पनि यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताउदै आएका थिए । यद्यपि, तत्कालीन प्रहरी प्रमुखहरुले गरेको अपराध अनुसन्धानको रिजल्ट भने शुन्य नै भएको थियो ।

यसैबीच, ओखलढुङ्गा हुँदै मङ्गलबार खोटाङ आएका एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले ती महिलाहरुको हत्यामा संलग्नलाई खोजीगरी तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् । “अपराध अनुसन्धान गर्न आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालयले दिन्छ”, प्रहरी चौकी बुइपाको नवनिर्मित भवन उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै उनले भने, “कुनै पनि हालतमा हत्यामा संलग्न दोषी उम्कनुभएन, तत्काल हत्यामा संलग्न दोषी पहिचानगरी कानूनी दायरा ल्याउनुहोस् ।”

घटनाभएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली जिल्ला आएर अनुसन्धान गर्‍यो तर, प्रहरीले दोषी पत्ता लगाउन सकेन । हत्यामा संलग्न दोषी पत्ता नलागेपछि मृतकका आफन्त प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले प्रहरीमाथि नै अनुसन्धान थाल्न माग गर्दै आएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख नायब उपरीक्षक उमेश लम्साल भन्छन्, “हत्याको विषयमा प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ । अपराध अनुसन्धानमा प्रहरी चुकेको छैन् । कतिपय घटनाहरु प्रयास गर्दा सहज रुपमा पत्ता लाग्छ । तर, यो घटनामा प्रहरीले दिनरात नभनी हत्याराको खोजी कार्य भइरहेको छ । हत्यामा संलग्नहरुको चाडै पहिचान गरेर कानूनी दायरामा ल्याउँछ ।”

तीन महिलाको हत्या भएको यतिका वर्ष बितिसक्दा पनि खोटाङ प्रहरीले हत्यारा पत्ता लगाउन नसक्नुको कारण भने अझै खुल्न सकेको छैन् । हालसम्म पनि दोषी पत्ता नलाग्नुमा प्रहरी प्रशासनमाथि नै जिल्लाबासीले आशङ्का गर्न थालेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ००:००  १२ : ०८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली