११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन तीन जना सुत्केरी महिलाको उद्धार

एकैदिन तीन जना सुत्केरी महिलाको उद्धार



खोटाङ, २२ कातिक । खोटाङबाट एकै दिन तीन जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथावाट बिरामी भइ जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि सोमबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट उद्धार गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका-५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलकी २४ वर्षीया मेनुका खड्काको उद्धार गरिएको हो ।

तीनै जना सुत्केरी महिलालाई महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवावाट खर्च व्यहोर्ने गरी हेलिकोप्टर व्यवस्थापन गरेर निःशुल्क उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “आचार्य र राईलाई एक वटा हेलिकोप्टरबाट उद्धार गरिएकोहो भने, खड्कालाई दोश्रो हेलिकोप्टरव्यवस्थापन गरेर उद्धार गरिएको हो ।”
दीपालाई सुत्केरी हुने समय अगावैव्यथालागेकोतथासुनिताको सुत्केरी हुनेमितीनपुगेको र पानी फुटेर व्यथालागिहाल्ने समस्याहुनसक्ने भएकाले बाहिर पठाउनु परेको जिल्ला अस्पताल खोटाङका एमडीजिपीडाक्टर नितु लामाले बताउनुभयो । लामाका अनुसार मेनुकाको सुत्केरी हुने मिति पुगे पनि बच्चा खेल्ने पानी कम भएको र रक्तचाप बढेकाले रिफर गरिएको हो ।

तीनैजना सुत्केरी बिरामीलाई थप उपचारका लागि प्रसुती गृह थापाथली काठमाडौँ लगिएको पारिवारीक श्रोतले जनाएको छ । जिल्लामा सुविधा सम्पन्न अस्पताल तथा दक्ष जनशक्ति नहुंदा सुत्केरी व्यथावाट सिकिस्त बिरामी परेकाहरुलाई सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ००:००  २ : ०० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली