११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा मालेका चारजना केन्द्रीय सदस्यद्धारा सामुहिक रुपमा पार्टी परित्याग

नेकपा मालेका चारजना केन्द्रीय सदस्यद्धारा सामुहिक रुपमा पार्टी परित्याग



खोटाङ, २५ कातिक । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)का चारजना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहनुभएका कुलप्रसाद फुयाँल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शङ्कर पोखरेल रहनुभएको छ ।

आफूहरु रहेको नेकपा माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहनुभएका फुयालले बताउनुभयो । “पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौँ”, बिहीबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “माले छाड्न साथ माधव नेपालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा समाहित भएका छौँ ।”

खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला समितिका सबै पदाधिकारी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको समेत फुयाँलले जानकारी दिनुभयो । नेकपा माले खोटाङका जिल्ला कार्यसमितिको बैठकले सम्पूणर् पदाधिकारी नेकपा (एकीकृत समाजवादी)मा समाहित हुनेबारे यसअघि नै निणर्य गरेको थियो ।

मालेका नेताहरु आफ्नो पार्टीमा समाहित हुने भएपछि औपचारिकरुपमा स्वागत गर्ने तयारी गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो । समाचार स्रोतका अनुसार नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने गराउनेबारेमा अहिलेसम्म मिति तय भइ सकेको छैन ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी भई आफ्नो जनवादी अधिकार सदुपयोग गर्नुको साटो, त्यसको पूर्वसन्ध्यामा पार्टीबाट पलायन भएर अन्य पार्टीमा संलग्न भएकाले ती चारै जनालाई पार्टी, पद र सदस्यताबाटै निष्काशन गरेको पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता कुमार बेलवासेले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । “उनीहरु देशका वस्तुस्थिति, विशेषता तथा तथ्यअनुरुप पार्टीले निर्माण गरेका बिचार तथा नीतिहरु र नेता तथा सहकर्मीहरुप्रति निराधार आरोप लगाउन पुगेका छन्”, विज्ञप्तिमा भनिएको छ, “पलायनमा अग्रसर हुने दुई व्यक्ति धेरै समय अघिदेखि पार्टी अनुशासन विपरित गतिविधि गर्दै आइरहेपनि पार्टीले उनीहरुलाई अन्तिम दिनसम्म नै सुध्रिने मौका र उपयुक्त जिम्मेवारी दिइरहेको थियो । उनीहरु आफ्नो पार्टी छाडेर अन्य पार्टीको गतिविधिमा लागेपछि औपचारिक रुपमा बैठकबाटै निष्काशन गरिएको हो ।”

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  ३ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली