११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा पनि शुरु गरियो १२ औँ राष्ट्रिय जनगणना

खोटाङमा पनि शुरु गरियो १२ औँ राष्ट्रिय जनगणना



खोटाङ, २५ कातिक । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो ।

बिहिबार दिक्तेल बजारस्थित भवन गैरामा आयोजित पत्रकार भेटभाट कार्यक्रममा १२ औँ राष्ट्रिय जनगणनाका लागि जिल्लामा सम्पूणर् तयारी पूरा भएपछि आजबाट जिल्लाका दशै वटा स्थानीय तहमा जनगणनाका लागि करिब २९० जना गणक घरघरमा खटाइएको छ भने गणकहरुले घरपरिवारमा पुगेर ७० वटा प्रश्न सोध्ने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोइरालाले बताउनुभयो ।

पहिलो चरणमा सुपरिवेक्षकहरुबाट गत भदौ ३० गतेदेखी असोज १८ गते सम्म जिल्लामा ७१ जना सुपरिवेक्षकले जिल्लामा रहेका घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य सकिसकेको जनगणना अधिकारी कोइरालाले कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई जानकारीदिनुभयो । जिल्लामा ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास गर्ने गरेको बताइएको छ ।

आज (बिहीबार) अर्थात कातिक २५ गतेबाट शुरु गरिएको जनगणना आगामी मंसिर ९ गतेसम्म खटिने गणकहरुले भाषा देखि खातासम्मको विवरण लिने गरि घरघरमा गणक खटिएका छन् । स्थानीय जनगणनाा कार्यालयका स्थानीय, जनगणना अधिकारीहरु, जिल्ला जनगणना कार्यालय र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको नौ सदस्यीय जिल्ला जनगणना समन्वय समितिले अनुगमन तथा सुपरिवेक्षण गर्ने जनगणना अधिकारी कोइराले जानकारीदिनुभयो ।

जनगणनामा खटिएका गणकहरुलाई सहि, सत्य तथ्य विवरण संङ्लनमा सहयोग गर्न जिल्लाका नागरिकलाई आग्रह गरिएको छ । यदि जिल्लामा जनगणना गर्न छुटेमा तत्काल नेपाल सरकार राष्ट्रिय योजना आयोगको केन्द्रिय तथ्याङ्क विभागको ट्रोल फ्री नम्बर ११७८ मा फोन सम्पर्क गरी जानकारी गराउन सक्नुहुने छ ।

नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ। नेपालमा सघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि २०६८ सालमा जनगणना भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  ४ : ३३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली