११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी लामिडाँडाले चुम्यो

दोस्रो अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी लामिडाँडाले चुम्यो



खोटाङ,१८ मंसिर ।दोस्रो अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी रावावेशी गाउँपालिका-३ लामिडाँडाले चुम्न सफल भएको छ । उपाधी चुम्न सफल उक्त विजेता टिमले ५५ हजार नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक आशिष राईले जानकारी दिए ।

यसैगरी दोस्रो हुने उपविजेता टिम साकेला गाउँपालिका १ बाँझेच्यानडाँडाले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सेमिफाइनलमा पुग्न सफल दुई टिम खोटेहाङ्ग गाउँपालिका २ वाप्लुखा र वडा नम्बर ५ चिप्रिङ्गले ११÷११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संयोजक राईले बताए ।

मंसिर १५ देखी १८ गते सम्म भएको यस भलिबल प्रतियोगिताको समापन समारोहमा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राजन ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे स्थित ठाँटी खेल मैदानमा भएको थियो । खोटेहाङ्ग गाउँपालिका युवा तथा खेलकुद समितिले आयोजना गरेको उक्त भलिबल प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार ००:००  १ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली