८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरुवा बन्दुकसहित ३३ वर्षीय राई खोटाङ प्रहरीको नियन्त्रणमा

भरुवा बन्दुकसहित ३३ वर्षीय राई खोटाङ प्रहरीको नियन्त्रणमा



खोटाङ, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका -२ बाकाचोलस्थित हुमेका ३३ वर्षीय सन्जय राईलाई प्रहरीले आइतबार विहान दस बजे पक्राउ गरेको हो ।

प्रतिबन्धित भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलिले राईलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायबउपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

प्रहरीले राईको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, बारुद ४८ ग्राम, सिसाको गोली दुई थान र केप ८५ थान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर साहले जानकारीदिनुभयो ।

पक्राउ परेका राईविरुद्ध अवैध हातहतियार खरखजना सम्बन्धि मुद्दा  चलाइएको प्रहरीले जनाएको छ । राईलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार ००:००  ८ : ०४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली