२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई



इलाम, ९ पौष । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका-१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए ।

उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने बताए । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरीको प्रचार प्रसारको लागि चारदिने महोत्सव आयोजना गरिएको हो ।

ष्mबनभक
प्रदेश सांसद काजीमान कागतले, नगरपालिका प्रमुख दीपक थेबे लगायतका वक्ताले सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन अनुसारको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

महोत्सवको अवसर पारेर पोखरीमा दुई वटा डुंगा सयरको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा राई, लिम्बु, सुनुवार र उराउ जातिको सांस्कृतिक झाकी प्रदर्शन गरिएको छ ।

मुख्यमन्त्री राईले सांस्कृतिक बाजा च्याब्रुङ बजाएर महोत्सवको उद्घाटन गरेका थिए । चार दिने महोत्सवमा १६ देखि २० हजारसम्म पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार ००:००  ४ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली