११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रमा पदाधिकारी संख्या १५ जना, १२० नयाँ केन्द्रीय सदस्य थपिँदै

माओवादी केन्द्रमा पदाधिकारी संख्या १५ जना, १२० नयाँ केन्द्रीय सदस्य थपिँदै



काठमाडौँ, ११ पुष । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ जना रहने निश्चित भएको छ । आज (आइतबार) बिहान बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको संख्या केही थपेर १५ जना पुर्याउने प्रस्ताव पेश भएको जनाइएको छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्षपछि एकजना वरिष्ठ उपाध्यक्ष रहने भएका छन् । साथै ६ जना उपाध्यक्ष रहनेछन् । यसैगरी महासचिव १ जना, उपमहासचिव २ जना तथा सचिव ३ जना रहने प्रस्ताव गरिएको छ । एकजना भने कोषाध्यक्ष रहने छन् ।

आजबाट सुरु हुन लागेको पार्टीको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यको संख्या समेत बढ्ने बताइएको छ । यसअघि नेकपा एमालेसँगको एकता हुनुपूर्व २ सय जना केन्द्रीय सदस्य रहेका थिए, पनि एकता भाडिएपछि केही नेता एमालेमै रहे । जसकारण माओवादीमा केन्द्रीय सदस्य संख्या हाल १७९ मात्र कायम थिए । यस महाधिवेशनबाट केन्द्रीय समितिमा १२० जना नयाँ सदस्य थपिएर २९९ सदस्य पुर्याइने जनाइएको छ । तर पार्टीको अन्तरिम विधानअनुसार नयाँ केन्द्रीय सदस्य थपिँदा बहालवाला केही केन्द्रीय सदस्यहरु पनि बाहिरिनुपर्ने अवस्था आउने जनाइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार ००:००  ७ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली