२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङमा जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै

खोटाङबजारस्थित टुँडिखेलमा जननायक रामप्रसाद राईले रोपेको समीको रुख ।

खोटेहाङमा जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै

खोटाङबजारस्थित टुँडिखेलमा जननायक रामप्रसाद राईले रोपेको समीको रुख ।



खोटाङ, ११ पुष । खोटाङमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरु गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरु गरिएको हो ।

क्रान्ती नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरु गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

हाल ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राईको शालिक, बगैंचा, घेरावारा लगायतका संरचना निर्माणको काम भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ ।

टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, २०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो ।

यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा २० लाख र आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो ।

ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएको थियो । सो टुँडीखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करबिर फूल रोपेको इतिहास छ ।

सो टुँडिखेल भने विक्रम संवत् १९६३ देखि १०९० सालकोबिचमा बनेको भगवती दिनानाथ माविका प्रअ एबं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए ।

राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए । रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । २००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा गरिएको इतिहास छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार ००:००  ९ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली