८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल : शहरी खानेपानी आयोजनामा अवरोध खडा गर्ने स्थानीयको चेतावनी

शहरी खानेपानी आयोजनामा अवरोध खडा गर्ने स्थानीयको चेतावनी पत्रकार सम्मेलनमा सोल्माका स्थानीय ।

दिक्तेल : शहरी खानेपानी आयोजनामा अवरोध खडा गर्ने स्थानीयको चेतावनी

शहरी खानेपानी आयोजनामा अवरोध खडा गर्ने स्थानीयको चेतावनी पत्रकार सम्मेलनमा सोल्माका स्थानीय ।



खोटाङ, १४ पुस । सम्झौता पालना नभएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका स्थानीयले दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा अवरोध गर्ने घोषणा गरेका छन् । वि.सं. २०७६ माघ ४ गते दिक्तेल शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग गरिएको १२ बुँदे सम्झौताको कुनैपनि बुँदा कार्यान्वयन नभएको भन्दै स्थानीयले मंगलबार पत्रकार सम्मेलन गरेर आयोजनाको बाँकी काम अघि बढाउन नदिने चेतावनी दिएका हुन् ।

सोल्मामा ‘एक घर एक धारा’को व्यवस्थाका लागि निर्माणाधिन आयोजनाको १० प्रतिशत लागत रकमको डिपिआर तयार गरी योजना सञ्चालन गर्ने, सोल्मालाई विशेष संरक्षण वडा घोषणा गरी वडामा सिँचाई कुलो तथा पाईप सिँचाईलगायतका विशेष कार्यक्रम सञ्चालन गर्न नगरपालिकामा विशेष पहल गर्ने लगायतका सम्झौता कागजमै सिमित बनाइएकाले विरोधमा उत्रिनु परेको खानेपानी समन्वय समिति सोल्माका संयोजक धनीराम राई (नछुङ)ले बताए ।

आगामी १५ दिनभित्र १२ बुँदे सम्झौता कार्यान्वयन नभए आइएलओ १६९ अनुसार पानीको मुहान समेत बन्द गर्ने स्थानीयको चेतावनी छ । सोल्माको क्षेत्रभित्र पर्ने रम्बाखोला, माझखोला र काउले मुहान भएको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीयले सम्झौताको विषयलाई अघि सारेका हुन् ।

सम्झौता अनुसार ‘एक घर एक धारा’को व्यवस्थाका लागि उपभोक्ता समिति गठन गरेर स्थानीय तयार भएपनि दिक्तेल शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ढाँट्ने काम गरेको स्थानीय रामकाजी राईले बताए ।

१८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको हो ।

बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो ।

जनसंख्य बृद्धिका कारण एक/दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एबं मापदण्ड अनुशारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो ।

यो समाचार नेपाल वाइड डटकममा प्रकासित छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार ००:००  ३ : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली