११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटना हुँदा खोटाङका एक युवकसहित तीन जनाको घटनास्थलमै मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा खोटाङका एक युवकसहित तीन जनाको घटनास्थलमै मृत्यु



खोटाङ । मोटरसाइकल दुर्घटनाहुँदा खोटाङका एक युवकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको दमक नगरपालिका -२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीका-२३ वर्षीय अनिल विक, चितवनस्थित राप्ती-४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला-३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारीदिनुभयो ।

मोटरसाइकल अनियन्त्रित भइ रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।

उनीहरू तीनै जना एकै मोटरसाइकलमा सवार थिए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार ००:००  ७ : ०२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली