११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिपुलेक प्रकरणमा बोल्यो नेपाली कांग्रेस (विज्ञप्तिसहित)

लिपुलेक प्रकरणमा बोल्यो नेपाली कांग्रेस (विज्ञप्तिसहित)



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । शुक्रबार उक्त विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताउनुभएको हो ।

‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि भारतीय प्रधानमन्त्री मोदीले एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको उहाँहरुको भनाई छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ’, थापा र शर्माले भन्नुभएको छ ।

पार्टीले विगतदेखि नै यो विषयमा स्पष्ट धारणा राख्दै आएको र यो विषयमा पार्टी प्रष्ट र दृढ रहेको जानकारीसमेत उहाँहरुले गराउनुभएको छ ।

‘नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन चाहन्छ’, महामन्त्रीद्वयले भन्नुभएको छ ।

यो समाचार जनबोली डटकममा प्रकासित गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ००:००  ३ : ५७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली