८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज माघे संक्रान्ति, देशभर मनाइदैँ

आज माघे संक्रान्ति, देशभर मनाइदैँ



खोटाङ । आज माघे संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परादेखि नै मनाउदै आएको देखिन्छ । यो नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यो पर्व नेपालभर विभिन्न पवित्र नदी, तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा-आजाका साथै घिउ, तिलको लड्डु र तरुल खाई मनाइन्छ ।

आज पर्ने यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, त्रिवेणी तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, तिलको लड्डु, सागपात, तरुल आदि खायमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने कुरा उल्लेख छ ।

महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

आज हामी सकिन्छ गङ्गासागरमा गएर स्नान गरौं नसके घरमै नुहाएर बनाएका प्रसाद तरूल कन्दमुल खाएर मनाउ यसरी मनाउदा पनि हामीले फल पाउने छौं भन्ने कुरा धर्म ग्रन्थमा उल्लेख गरेको पाइन्छ । हुनत यो पर्ब किरातहरूले मनाउदै आएका थिए । हाम्रा पुर्बजहरूले यसको महत्व बुझेर मनाउदै गरेको पाइन्छ ।

स्वास्थ्यका दृष्ट्रिकोणले हिन्दूहरूले मनाउने चाड निकै महत्वपूणर् देखिदै आएको छ । यस्ता चाड मनाउदै गर्दा हामी निरोगी हुने कुरा धर्मग्रन्थमा समेत उल्लेख गरेको छ । मानिसको स्वास्थ्यलाई हिन्दू धर्म संस्कृतिले प्रमुख विषयको रूपमा लिएको पाइन्छ । मैले यस्ता थुप्रै धार्मिक ग्रन्थ हेर्ने गर्दछु यस्ता ग्रन्थमा प्रायः स्वास्थ्यका कुरा समावेश गरेको देख्दछु ।

आज धर्म संस्कृतिप्रति मानिसको झुकाव कम पाइएको छ । यसको प्रमुख कारण भनेको हाम्रा अभिभावकहरू नै गलत बाटोमा लाग्दै विदेशी धर्म संस्कृति भित्राउदै गर्दा हत्या हिन्सा र बलात्कार जस्ता घटनामा वृद्धि भएको कुरा हामीले देखिरहेका छौं । यस्तो काममा ब्राह्मण जाति नै अग्रपंक्तिमा रहेको देखिन्छ ।

यस्ता क्रियाकलाप रोकेर हामीले हिन्दू धर्म संस्कृतिको जग बलियो बनाउन सकिन्छ । हिन्दू धर्मले हामीलाई गलत क्रियाकलाप गर्न समेत रोक्न सक्नेछ । धर्मलाई हामीले गलत तरिकाले व्याख्या नगरी यसमा भएका केही त्रुटीहरूलाई परिमार्जन गर्दै सामुहिक धर्म मान्ने प्रणालीको विकास गर्दै अगाडि ल्याउन सके देशमा एकतामा वृद्धि हुनुको साथै देशले विकासमा फड्को मार्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार ००:००  २ : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली