११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले खोटाङ : नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

एमाले खोटाङ : नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण



खोटाङ । नेकपा एमाले खोटाङको पुस २४ मा सम्पन्न सातौं जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

निर्वाचित भएको सात दिनपछि अधिवेशनबाट निर्वाचित पाँच पदाधिकारि मध्ये चार जनाले पदभार ग्रहण गर्नुभएको हो ।

सदरमुकाम दिक्तेल स्थीत पुष्पलाल स्मृति भवनमा एमाले अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमारप्रसाद आचार्य, उप-सचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गर्नुभएको नेकपा एमाले खोटाङले जनाएको छ ।

एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह-ईन्चार्ज, पूर्व सामाजिक विकास मन्त्री, प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराउनुभएको हो ।

उपाध्यक्ष देवविक्रम राई भने कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसक्नुभएको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार ००:००  २ : ४४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली