११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीलाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई करणी गरेको आरोपमा शिक्षक पक्राउ



खोटाङ, ३ माघ । खोटाङमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक -३१ वर्षीय किशोर पोखरेललाई पक्राउ गरेको हो ।

आफूमाथि पटक-पटक ्करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी ्दिएको आधारमा पोखरेललाई खोजतलास गर्नेक्रममा इलका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर,ठोक्सिलाले शनिबार प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाएको खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर साहले बताए ।

प्रहरीका अनुसार, “शिक्षक पोखरेलविरुद्ध सोहि स्थानकै-१४ वर्षीया किशोरीलाई पटक-पटक करणी गरेको आरोप छ ।” पीडित किशोरीको पेटमा २० हप्ताको गर्भ रहेको पारिवारीक श्रोतले जनाएको छ । किशोरी खार्पाकै एक विद्यालयकी विद्यार्थी छात्रा हुन् ।

शिक्षक पोखरेलविरुद्ध आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया शुरु गरिएको निरीक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ००:००  ५ : ०४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली