११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता

केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता



खोटाङ । केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको छ । बाक्सिला बजार नजिकै रहेको आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु भएपछि सहजता आएको जनाईएको हो ।

गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैंयाँ लागतमा निर्माण सम्पन्न गरिएको तीन तला भएको १३ कोठे सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेको हो ।

सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा, उपशाखाहरू समेटिएको जनाइएको छ । सेवा लिन गाउँपालिका आउने महिला र पुरुषको लागि छुट्टाछुट्टै नौँवटा सौचालयसमेत रहेको गाउँपालिकाको प्रशासनिक कार्यालय भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७५-०७६ देखि बहुवर्षीय योजना बनाएर विनियोजन गरिएको बजेटमार्फत सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिनुभयो । नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेपछि सेवाग्राहीलाई समेत सहज भएको महसुस गरिएको जनाईएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको करीब पाँच वर्षसम्म तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी माविको जीणर् भवनबाट गाउँपालिकाको सम्पूणर् सेवा प्रवाह हुँदै आएको थियो ।

निर्माण शुरु गरिएको करीब चार वर्षमा सम्पन्न गरिएको प्रशासनिक भवन गाउँपालिका प्रमुख कृष्णकुमार राई र उपप्रमुख हीराकुमारी वन (गिरी)ले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको प्रेस सेन्टर नेपाल खोटाङका सहसचिव कोशीकुमार राईले जानकारी दिनुभयो ।

नवनिर्मित प्रशासनिक भवनमा गाउँपालिका प्रमुख, उपप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एट्याच ट्वाइलेट र वाथरुम समेत रहेको छ । सेवाग्राही तथा अन्य कर्मचारीका लागि तीनवटै तलामा महिला र पुरुष छुट्टाछुट्टै सौचालय राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पुरानै भवनमा सञ्चालित स्वास्थ्य, कृषि र पशु शाखाका लागि समेत नयाँ व्यवस्था मिलाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ । उक्त शाखाहरुको लागि नवनिर्मित भवन नजिकै रहेको पशु सेवा केन्द्रको भवन मर्मत गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार ००:००  १ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली