८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्ने



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले छानबिन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले छानबिन गर्ने भएको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार गरि तीन सदस्यीय उपसमिति गठन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई मारमा पारिएको र राहत दिन उपसमिति गठन गरिएको छ । महिना दिन नपुग्दै पटक पटक गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिँदै आएको छ ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई भन्नुहुन्छ । पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम भएकाले बाध्यत्यताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको हो ।

बैठकमा नेकपा एमालेका नेता एवम् सांसद भीम रावलले नेपालभित्रै पेट्रोलियम पदार्थको खोजी गरेर उक्त कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार दैलेख र दाङमा पेट्रोल उत्खनन् गर्ने भनिएपनि उक्त कामलाई सरकारले चासो दिएको छैन ।

कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले सरकारले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफ्नो धारणा राख्नुभएको छ । उहाँले पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम भएकाले बाध्यत्यताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार ००:००  ८ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली