८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपात पीडितलाई पालिकाद्वारा राहत वितरण

हिमपात पीडितलाई पालिकाद्वारा राहत वितरण



खोटाङ | खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पीडित ४० घरपरिवारलाई चामल र कम्बल वितरण गरेको छ । मंगलबार ऐसेलुखर्क गाउँपालिका – १ तोरीबारीस्थित सिब्दु बहानेका १८ घर र बुधबार वडा -२२ बिस्कामका २२ घर हिमपात पीडित परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको हो ।

माघ २०, २१ र २२ गते परेको हिमपातका कारण घरबाहिर निस्कन समेत समस्या भएपछि उनीहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले गाउँमा नै पुगेर चिसो मौसमबाट बढी प्रभावित हुने गरीब तथा विपन्न परिवारलाई राहत स्वरुप सामग्री वितरण गर्नुभएको हो । गाँउपालिकाले चामल र रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले कम्बल वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राई, पत्रकार,सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा रहेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ००:००  १ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली