८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल : निर्माण सम्पन्न नहुदै भत्कियो भवनको मेसिनरी पर्खाल

जिल्ला अस्पताल : निर्माण सम्पन्न नहुदै भत्कियो भवनको मेसिनरी पर्खाल



राजन ठटाल
खोटाङ, २७ माघ । ठेकेदार कम्पनिको चरम लापरबाहीका कारण जिल्ला अस्पताल खोटाङकोे निर्माणधिन भवनको मेसिनरी पर्खाल भत्किएको छ । वि.सं. २०४९ बैशाख १ गते स्थापना गरिएको १५ सैयाको जिल्ला अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने उद्देश्यले संघीय सरकारको लगानीमा निमाणर् हुदैँ गरेको नयाँ भवनको मेसिनरी पर्खाल भत्किएको हो ।

जिल्लामा एकमात्र सरकारी अस्पताल भएकाले बिरामीहरुलाई नियमित सेवा दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रि-फ्यावको अस्थायी भवन निर्माण कम्पनीले गरेपनि गुणस्तरहीन काम गरेकाले अस्थायी भवनको मेसेनरी पर्खाल भत्किदा हाल निर्माण गरिएको भवननै काम नलाग्ने भएको स्थानीयबासिन्दाले बताएका छन् ।

संघिय सरकारको रु. २१ करोडको लागतमा ३० महिना भित्र भवन निर्माणको काम सक्ने गरी श्यामसुन्दर/रामसुन्दर नेपाल/फूलबारी जेभीले गत असारमा ४० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाइ हुने ४ तले आरसिसी पक्की अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

चार तले पक्की भवनको पहिलो तलामा ओपिडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स-रे कक्ष सहित फार्मेसी, सेक्युरिटी (सूरक्षागार्ड)का लागि कोठा समेत रहेको संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू र आइसोलेशन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने अस्पताल स्रोतले जनाएको छ ।

ठेकेदार कम्पनीले गुणस्तरहिन काम गर्दा अस्पतालको अस्थायी भवनको मेसिनरी वाल (पर्खाल) भत्किएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । प्रमुख राईले भन्नुभयो, “अस्पताल व्यवस्थापन समितिको बैठक तत्काल बोलाएर निमाणर् कम्पनीलाई पुणर् गुणस्तरीय काम गर्न लगाउछौँ ।

बर्खामा लगाएको मेसिनरी वाल भएकाले अस्पताल निमाणर्धीन ठाँउमा माटो बग्ने भएकाले गुणस्तरीय काम गर्दासमेत मेसिनरी वाल भत्किएको निर्माण कम्पनिका प्रतिनीधि बाबुराम कट्वालले जानकारी दिनुभयो । हामी भत्किएको संरचना तत्काल पुनःनिर्माण गर्नेछौँ । उहाँले भन्नुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको जिल्ला अस्पतालको संरचना भत्किनुले जनस्तरमै चर्चाको विषयमा बनेको छ । यहाँको अस्पतालमा बिरामीको उपचार गर्न आवश्यक उपकरण साथै स्वास्थ्य सामग्रीसमेत अभाव भएकाले कतिपय बिरामिहरु सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि अन्यत्र जिल्लामा रिफर गराउनु पर्ने बाध्यता रहेको स्रोतले जनाएको छ ।

विभिन्न कारणले स्वास्थ्य समस्या झेल्दै आएका जिल्लाबासीले ढिलै भए पनि ५० सैयाको अस्पताल निमाणर् हुदैँ गर्दा निकट भविष्यमा जिल्लामै सहज रुपमा सेवा पाउने विश्वासले हर्षित छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ००:००  ८ : २२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली