११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीका सपना पूरा हुँदै, दुई वर्षभित्र सबै पालिकामा अस्पताल बन्ने पक्का

केपी ओलीका सपना पूरा हुँदै, दुई वर्षभित्र सबै पालिकामा अस्पताल बन्ने पक्का



काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ ।

कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ । सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो ।

त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शश्याका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।

गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव ९डीपीआर० तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् ।

त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् ।

जसमध्ये डीपीआरको प्रक्रियामा ७३, डीपीआर तयार भई सुझाव दिएका ३६ र बजेट निकासा नै भएका पालिकाका ३१ रहेको उक्त मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, उक्त पालिका रहेको जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको सुनिश्चितता, स्तरोन्नति गरी आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्यचौकीको हालको अवस्था र डीपीआरको पुनरावलोकन गराई निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

कुल ७५३ वटा स्थानीय तहमध्ये ६५५ वटा पालिकाको आधारभूत अस्पतालको भवन निर्माण प्रक्रियामा छन् । ७५३ मध्ये ७७ जिल्लाका आ–आफ्नै जिल्ला अस्पताल छन् । यस आधारमा अब २१ वटा स्थानीय तहमा मात्र पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गर्नुपर्नेछ । २१ वटामध्ये पनि कतिपयका आफ्नै सामुदायिक अस्पताल रहेकाले आधारभूत अस्पताल निर्माणका लागि माग नगरिएको हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले १५ शश्यासम्मका आधारभूत अस्पताललाई १८ करोड छ लाख ८२ हजार, १० शøयाका लागि १० करोड ८३ लाख ३६ हजार र पाँच शैयाका लागि सात करोड ११ लाख ९८ हजार रुपियाँ प्रदान गरेको छ ।

याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार ००:००  १० : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली