११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु

कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु



खोटाङ, १२ फागुन । खोटाङमा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाईबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको हो ।

रेबिजका कारण बृद्धाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बृद्धाको मृत्यु भएपछि गाउँमा क्रास फैलिएको स्थानीयबासिन्दाले बताएका छन् । काठ्माण्डौंमा उपचारका क्रममा फागुन ६ गते बिरामीको मृत्यु भएको जनाइएको छ । वृद्धालाई कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताउनुभयो । वृद्धाको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढि त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले गत माघ ५ गते दाहिने हातमा टोकेको पारिवारीक श्रोतले जनाएको छ ।

एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरेपनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८/२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो ।

कुकुरले टोक्ने वित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राईले बताएका छन् । ‘कुकुरले टोक्ने वित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे ।’ त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ । उहाँले भन्नुभयो, “कमसेकम जिल्ला अस्पतालले यत्ती जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।”

यता, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले भने बिरामीलाई ढिलागरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेकाले वृद्धाको मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार ००:००  ८ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली