८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी सङ्गठन र स्वास्थ्यकर्मी सङ्घको अधिवेशन : ६ जना कर्मचारी सम्मानीत

कर्मचारी सङ्गठन र स्वास्थ्यकर्मी सङ्घको अधिवेशन : ६ जना कर्मचारी सम्मानीत



दिवस रिजाल
खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल बजारस्थित समिक्षालय हलमा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ जिल्ला अधिवेशन तथा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको दोश्रो जिल्ला अधिवेशनमा ६ जना कर्मचारी सम्मानीत भएका छन् । कर्मचारीहरुको पुरानो तथा ठुलो संगठन निजामती कर्मचारी र स्वास्थ्यकर्मी सङ्घको अधिवेशनमा सङ्गठनको दौरानमा विभिन्न काल खण्डमा ज्यानको आहुती (बलिदानी) दिने र जनताको सेवामा समर्पित ६ जना कर्मचारीलाई सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा रामकाजी कार्की, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा, चित्रकुमार बजिमय, रेवती पाण्डे र स्व. पर्शुराम आचार्यको ठाउँमा उँहाकी धर्मपत्नी कुमारी आचार्यलाई कर्मचारी सङ्गठनका सह-संयोजक लेखनाथ कोइराला र प्रदेश -१ की पूर्व सामाजिक विकास मन्त्री, नेकपा एमाले केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राईले खादा ओढाएर प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।

शुक्रबार (आज) सदरमुकाम दिक्तेल बजारस्थित समिक्षालयहलमा अधिवेशन भैरहेको छ । अधिवेशनमा कर्मचारी सङ्गठनका सह-संयोजक कोइरालाको प्रमुख आथित्यता र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सह-इन्चार्ज उषाकला राईको विशेष आथित्यतामा अधिवेशन गरिएको हो ।नोट : शुक्रबार हुनुपर्ने ठाउँमा शुक्रकार भएकाले सच्याइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ००:००  २ : २७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली