११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा

कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा



खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सहायक प्रहरी निरीक्षक गोपि कटुवाललाई घोषणा गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित रत्नपार्क विटमा इन्चार्जकारुपमा कार्यरत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले कदरपत्रसहित सम्मान गर्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कट्वाललाई प्रहरी कार्यालयमा बोलाएर सम्मान पत्र प्रदान गर्दै आगामी दिनमा समेत उत्कृष्ट सेवा प्रदान गर्न कटुवाललाई हौसला मिलोस भन्ने शुभकामनासहित कदरपत्र प्रदान गरिएको हो । कदर पत्रमा समाजमा हुने विभिन्न किसिमका अपराधीक गतिविधीहरु नियन्त्रणमा विभिन्न सरोकारवाला सरकारी गैर सरकारी कार्यालयहरुसँग आवश्यक समन्वय गरेर अपराध न्यूनिकरण गर्न सफल भएको तथा विभिन्न घटनाहरुको घटना स्थलबाट सकुशल हातहतियारसहित अपराधी नियन्त्रण गर्न सफल नेतृत्व गरेको उल्लेख छ ।

यसका साथै प्रहरी सङ्गठनको निति र निर्देशन पालना गर्ने र सूरक्षा मातहतका प्रहरी कर्मचारीहलाई परिचालनमा समेत कुशल नेतृत्व प्रदान गर्न सफल देखिएकाले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी कट्वाललाई कदरपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ००:००  ३ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली