८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा राई

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा राई



खोटाङ, १४ फागुन । नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रेखा राई चयन हुनुभएको छ । शुक्रबार दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा राती सम्पन्न ११ औं अधिवेशनबाट राई सर्वसहमत चयन हुनुभएको हो ।

सङ्गठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डिराज पाण्डे, सह-सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा ओसन सुवेदी, दीक्षिका शाक्य, पिएसपी चाम्लिङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुइटेल, शुशिला बस्नेत (आचार्य), सृजना आचार्य, सन्जिव मुग्राती, प्रमेस झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेस श्रेष्ठ, गिता रिजाल, नवराज राई चयन हुनुभएको छ ।

यस्तै, मणिराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम वि.क. र रामप्रसाद आचार्यलाई केन्द्रीय प्रतिनिधि छानेको छ भने प्रदेश प्रतिनिधिमा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्य चयन हुनुभएको नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका पूर्व अध्यक्ष मोहनकुमार भट्टराईले बताउनुभयो ।

११ औँ अधिवेशनमा सङ्गठनका केन्द्रीय सह-संयोजक लेखनाथ कोइराला, प्रदेश नम्बर-१ की पूवे सामाजिक विकास मन्त्री उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, उप-सचिव दिपनारायण रिजाल, नेपका एमाले जिल्ला कमिटी सचिवालय सदस्य विणादेवी राई लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ००:००  ९ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली