८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसीबारे अन्तिम निणर्य निकाल्न यी पार्टीका नेता बस्दै छन् आ-आफ्नै बैठक

एमसीसीबारे अन्तिम निणर्य निकाल्न यी पार्टीका नेता बस्दै छन् आ-आफ्नै बैठक



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीबारे ठोस धारणा बनाउन अन्तिम समयमा पनि कसरत गरिरिहेका छन् । सत्ता गठबन्धनका घटकका रुपमा रहेका दुवै दलले हालसम्म एमसीसीको बिरोध गर्दै आएका छन् । यद्ययपि पछिल्लो समय उनीहरु गठबन्धन टुट्ने भयले एमसीसी पास गर्ने मनसायमा पनि पुगेको जस्तो अवस्थमा पुगेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथमा एमसीसी पास गर्ने योजना बनाएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी झस्कीएका हुन् । एमसीसीले दिएको समयसीमा थोरै मात्रै बाँकी भएकाले नेपाललाई एमसीसी सम्झौता लिने या नलिनेबारे ठोस निणर्य लिने समय आज १ दिन मात्रै छ ।

एमसीसीबारे छलफल गर्नका लागि आज संसद बैठक बस्दै छ । एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। संसद बैठक बस्नुअघि बोलाइएको बैठक अहिले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने बताइएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निणर्य गर्ने जनाइएको छ ।

त्यस्तैगरी एकीकृत समाजवादीले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक ११ बजे बस्ने र एमसीसीका बारेमा निणर्य निकाल्ने जनाइएको छ ।

शनिबार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुको बैठक बसेको थियो । उता प्रधानमन्त्री शेरबहादु देउवा भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाइरहेका छन् । उता जनता समाजवादी पार्टी जसपाका तीन नेताहरुको बैठक आजै बिहान बस्ने बताइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले आज बिहान छलफल गर्ने जनाइएको छ । उक्त बैठकले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निणर्य गर्ने बताइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे अनिणर्ित छन् भने बाबुराम भट्टराई एमसीसी पास गर्ने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार ००:००  ९ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली