९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुपु विद्यार्थीद्धारा विद्यालयलाई टिभी र साउण्ड सिस्टम

भुपु विद्यार्थीद्धारा विद्यालयलाई टिभी र साउण्ड सिस्टम



खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माबिलाई भूपु विद्यार्थीले टिभी र साउण्ड सिस्टम प्रदान गरेको छ । विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भुतपुर्व विद्यार्थीले विद्यालयलाई ४९ हजार बराबरको एक थान एलइडि टिभी र एक थान साउण्ड सिस्टम प्रदान गरेको हो ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै भूपु विद्यार्थी रबिन राई, दिपक राई, मुना राई लगायत १९ जनाको टोलीले सरस्वती माविलाई टिभी र साउण्ड सिस्टम हस्तान्तरण गरेको हो । आफु पढेको विद्यालयलाई सम्झेर सञ्चार सामग्री हस्तान्तरण गरेकामा प्रअ नविन चाम्लिङले भूपु विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आइतबार र सोमबार मनाइएको वार्षिकोत्सवको अवसरमा शिक्षक माधव श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको छ । नियमित विद्यालयमा उपस्थित हुने, विदामा विरलै बस्ने, उत्कृष्ट कार्यसम्पादन, पेशाप्रति गहिरो एवं जवाफदेहीता लगायतका आधारमा शिक्षक श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको हो ।

यस्तै, २२ वर्षसम्म प्रअको नेतृत्व सम्हालेका निवर्तमान प्रअ डिकबीर राईलाई कुशल प्रशासकको रुपमा सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएको भन्दै व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किशोरकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कमल श्रेष्ठ, गोपाल श्रेष्ठ र स्वर्गीय रामबाबु श्रेष्ठलाई सम्मान गरिएको प्रअ चाम्लिङले जानकारी दिनुभयो ।

यस्तै, कोभिड-१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको छ । सरस्वती माविको बार्षिकोत्सवमा सोही विद्यालयका पुर्व प्रअ शर्मानन्द खनालले स्थापना गरेको शर्मानन्द तथा तारा अक्षयकोषबाट शैक्षिक सत्र २०७७ मा उच्च ग्रेड प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका १२ जना विद्यार्थीलाई जनही एक हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

यस्तै, भुपु विद्यार्थी खिलाप्रसाद सुवेदीको प्रयोजनमा ५ जना विपन्न परिवारका बालबालिकालाई जनही एक हजारका विपन्न छात्रवृत्ति प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा जेहेन्दार तथा अनुशासित विद्यार्थी, भलिबल, वक्तृत्वकला, हिसावदौड, भाले जुधाई, बेलुन फुटाउने लगायतका खेलका विजयी प्रतियोगीलाई पनि पुरस्कार वितरण गरिएको छ ।

विद्यालयले त्रियुगा नगरपालिका-११ गाईघाट, उदयपुरकी दाता शान्ता राई र खोटाङ सेवा समान कोरिया लगायतलाई सम्मान-पत्र प्रदान गरेको छ ।विद्यालयका रातो सदनलाई उत्कृष्ट सदनद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रमले प्रअ चाम्लिङले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती विवरण एवं भावी कार्ययोजना पारित गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्व, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं उपमेयर बिमला राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । २०१७ सालमा स्थापना भएको सरस्वती माबिमा हाल ३९६ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ००:००  ८ : २८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली