११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोनिजको सातौँ सङ्घीय महाधिवेशन चैत-६ र ७ गते

फोनिजको सातौँ सङ्घीय महाधिवेशन चैत-६ र ७ गते



खोटाङ, ३ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन चितवनको सौराहमा हुँदै छ । यहि चैत-६ र ७ गते सौराहस्थित थारु कल्चरल हाउस (थारु साँस्कृतिक घर)मा सञ्चालन हुने सातौँ सङ्घीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

महाधिवेशनमा नेपालका ६० जिल्ला शाखा, सातवटै प्रदेश र छवटा प्रवास शाखा तथा संस्थागत सदस्य संस्थाका प्रतिनिधि एवम् पर्यवेक्षकगरी करीब ५०० जना जनजाति पत्रकारको सहभागी रहने फोनिजका महासचिव मनोज घर्तीमगरले बताउनुभयो । फोनिजको जापान, मलेसिया, अमेरिका, दक्षिणकोरिया, दुवाई र बेलायतमा शाखा विस्तार गरेर क्रियाकलाप अगाडि बढाइएको छ ।

फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार सङ्घ/सङ्गठन आवद्ध रहेका छन् । महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशन, प्रदेश महाधिवेशन, प्रवास शाखा र संस्थागत सदस्य संस्थाको अधिवेशन सम्पन्न गरिसकिएको सङ्गठन सचिव मिलन लिम्बूले जानकारी दिनुभयो ।

सौराहमा हुने महाधिवेशनमा थारु पत्रकार सङ्घ, नेवाः पत्रकार राष्ट्रिय दबु, तामाङ पत्रकार सङ्घ र तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ र मगर पत्रकार सङ्घ चितवनको साँस्कृतिक झाँकी, र्‍याली तथा थारु समुदायको स्टल प्रदर्शन गरिने जनाइएको छ । अधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रवेशद्धार निर्माण, अतिथि सत्कार लगायतका काम अन्तिम चरणमा पुगेको आयोजक सङ्घीय समितिका सदस्य राजु चौधरीले जानकारी दिनुभयो ।

फोनिजको सातौँ सङ्घीय महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, छ सचिव र एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिनुभयो । यसअघि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षसहित ३७ सदस्यीय सङ्घीय समिति रहेको फोनिजलाई सातौँ महाधिवेशनमा विधान संशोधन गरेर ५१ सदस्यीय बनाउने तयारी गरिएको छ ।

फोनिजको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष गजुरधन राई र महासचिव मनोज घर्तीमगरको कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा वर्तमान सङ्घीय समितिका सङ्गठन सचिव मिलन लिम्बूको दाबी छ ।

यद्यपि, अध्यक्षसहित पदाधिकारी तथा सदस्य सर्वसहमत चयन गर्ने प्रयास भइरहेको जनाइएको छ । काठमाडौँमा सम्पन्न फोनिजको छैटौँ महाधिवेशनमा पदाधिकारी र संस्थागत सदस्य बाहेक पाँचजना खुला सदस्यमा निर्वाचन भएको थियो ।

अधिवेशनले तीन सदस्यीय अनुशासन समिति र तीन सदस्यीय लेखा समितिसमेत चयन गर्ने जनाइएको छ । महाधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार ००:००  १० : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली