८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाले गरे नवनिर्मित मोटररेवल पक्कि पुलको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे नवनिर्मित मोटररेवल पक्कि पुलको उद्घाटन



खोटाङ, ७ चैत । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्मित मोटररेवल पक्कि पुलको उद्घाटन गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने बाटोफेदीस्थित साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल प्रधानमन्त्री देउवाले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

सोमबार कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको बताउनुभएको छ । एमसिसी नेपालको राष्ट्रहितमा छ । उहाँले भन्नुभयो, “ यो अनुदान हो, अवश्य पनि यसले देशमा गरिवी निवारणदेखि लिएर आर्थीक विकासमा ठूलो भुमिका राख्ने विश्वास गरिएको छ ।” एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार-प्रसार गरे ता पनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको विपरित नरहेको दावी गर्नुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त बजेटमा पक्की पुल निर्माण गरिएको हो । सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको पुल वि.सं.२०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । प्रा.लि.ले मूल्य अभिबृद्धि करसहित रु.५ करोड ६० लाख १० हजार ५ सय ४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो ।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल नेपाली कांग्रेस प्रदेश- १ का महामन्त्री एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले वि.सं. २०७६ साल असार ११ गते शिलान्यास गर्नु भएको थियो ।

साप्सु खोला पुल निर्माण गरेर विकास निर्माणको लागि नमुना कार्य गरी देशका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन गरेकोप्रति गाउँपालिका प्रमुख राई लगायत सिङ्गो पालिकावासीलाई खानेपानी मन्त्री एवम् कांग्रेस सह-महामन्त्री उमाकान्त चौधरीले बधाई तथा धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, सङ्घीयता निर्माण भएपछि सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नै किसिमको काम गरिरहेका छन् । विकास निर्माणका कामले तिब्ररुपमा गति लिएका छन् ।”

बहुमत प्राप्त गरेका राजनितिक दलहरु अहिले छताछुल्ल पोखिएर इतिहासमा दुर्गधिन्त भएर रहेको बताउनुभएको छ । तर, नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले उदाहरणीय काम गरिरहेको कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले बताउनुभयो ।

साप्सु खोलामा मोटररेवल पक्की पुल निर्माण भएसँगै सदरमुकाम दिक्तेल बजारबाट सोहि गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु खोटेहाङ गागँपालिकाको चिप्रिङल र जन्तेढुङ्गा गाउँपालिका गरी दक्षिणी क्षेत्रका तीन वटा गाउँपालकिाका नागरकिलाई आवत जावतमा सहज भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ००:००  ८ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली