८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दको भ्रामक हल्ला फैलाएको प्रति गाउँपालिकाको ध्यानकार्षण

बन्दको भ्रामक हल्ला फैलाएको प्रति गाउँपालिकाको ध्यानकार्षण



खोटाङ, १० चैत । सरकारी कार्यालयहरु र विद्यालयहरु बन्द गर्ने भनी बजारमा अनावश्यक होहल्ला गर्दै प्रशारित भएको सूचनाप्रति जन्तेढुंगा गाउँपालिकाको गम्भीर ध्यानकार्षण भएको छ । भोली (शुक्रवार) पालिकाको मातहातमा रहेका सबै सरकारी कार्यालयहरु र विद्यालयहरु बजारमा अनावश्य होहल्ला गर्दै बन्द गर्ने प्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको हो ।

शुक्रवार कुनै पनि सरकारी कार्यालयहरु विदा नपरेको हुँदा गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै बन्द नहुने जनाएको छ । पालिकाले यदि कुनै पनि विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरी कर्मचारी तथा शिक्षकहरु अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कडा कारवाही गरिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसै विषयमा हामीले जन्तेढुंगा गाउँपालिका प्रमुख शंकरबहादुर राईसँग कुराकानी गर्दा उहाँले भन्नुभयो, “हिजो राति होटलमा मध्यपान सेवन गरी एक आपसमा झै झगडा गर्दै राजनितीकरण गरिएको छ । यो राम्रो पक्ष होइन ।” उहाँले भन्नुभयो, “ यदी यसै विषयलाई लिएर हाम्रो पालिका अन्तरगत रहेका सरकारी कार्यालका कर्मचारी र विद्यायका शिक्षकहरु अनुपस्थित भएमा पालिकाले स्थानीय सरकार ऐन २०७४ बमोजिम कडा भन्दा कडा कारवाही गर्ने छ ।”

यसैबीच, भोलि (शुक्रबार) जन्तेढुंगा गाउँपालिकाको नवनिर्मित भवन एक कार्यक्रमको आयोजना गरी उद्घाटन गर्न लागिएको पालिका प्रमुख राईले हलेसी खबरलाई बताउनुभयो । पालिका भवन उद्घाटन नेकपा (एमाले) का प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज बिशाल भट्टराईले गर्नुहुने भएको हो ।

उक्त कार्यक्रम पश्चात नेकपा (एमाले) पार्टी कार्यालयको पनि शिलान्यास कार्यक्रम रहेको प्रमुख राईले बताउनुभयो । उहाँले भन्नुभयो, यस पालिकाको वडा नम्बर-५ चिसापानीस्थित खोली गैरामा पार्टी कार्यालयको शिलान्यास पनि प्रमुख सचेतक भट्टराईले नै गर्नुहुने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार ००:००  ९ : ०७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली