८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृहद जनसभाको तयारी तिव्र, दशौ हजार बढी मान्छे उतार्ने यस्तो छ एमालेको तयारी

वृहद जनसभाको तयारी तिव्र, दशौ हजार बढी मान्छे उतार्ने यस्तो छ एमालेको तयारी



खोटाङ, १५ चैत । नेकपा (एमाले) खोटाङले वृहद जनसभाको तयारी तिव्र रुपमा गरिरहेको प्रचार-प्रसार समितीले जनाएको छ । मंगलबार दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा बसेको दोश्रो बैठकले चैत १९ गते हुने वृहद आमभेलाकोे तयारी तिव्र गतिमा गरिरहेको जनाएको हो ।

दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने वृहद जनसभालाई सफल बनाउन प्रचार-प्रसार समितिले विभिन्न प्रचारका कामहरू गरिरहेको छ । एमालेले गरेका कार्यहरुको एक दिन एक समाचार र श्रव्य दृश्य सामाग्री विभिन्न मिडियामा सार्वजनिक गर्न समेत प्रेस चौतारी नेपाल जिल्ला कमिटी खोटाङलाई जिम्मा दिइएको छ ।

घरदैलो अभियानमा दिक्तेल नगर कमिटीले जनपरिचालन गर्ने र अनेरास्वयु खोटाङले संयोजन गर्ने जिम्मा दिइएको प्रचार-प्रसार समितिका संयोजक रमेश पौडेलले बताउनुभयो । विभिन्न ठाउँहरुमा ओलीलाई स्वागत गर्न गेट समेत निर्माण गरिने भएको छ ।

कार्यक्रमस्थल (ग्राउण्ड) छिर्ने अगाडी गेट निर्माणका लागि जिल्ला पार्टी कमिटी खोटाङ, सिंचाई गेट अगाडी गेट निर्माणका लागि दिक्तेल नगर कमिटी, बेस क्याम्पस्थित जैपुरेडाँडामा अनेरास्वीयु खोटाङ, दिक्तेल बजारको जिरो प्वाइन्ट रन्तपार्कमा नेपाल खेलकुद महासंघ, त्रिवेणी चौकमा राष्ट्रिय युवा सङ्घ, हाटडाँडामा राष्ट्रिय उद्योग सङ्गठन, अस्पताल चौकमा अनेम सङ्घ, विद्युत कर्भडहल नजिकै निर्माण व्यावसायी सङ्गठन र त्रिधार्मीकधाम हलेसी महादेवमा मन्दिरमा हलेसी नगर कमिटीलाई गेट निर्माण गर्ने जिम्मा दिइएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

विभिन्न ठाउँहरुमा व्यानर राख्नका लागि प्रेस चौतारी नेपाल जिल्ला कमिटी खोटाङ, जनसाँस्कृतिक महासङ्घ, लोकतान्त्रीक आदिवासी जनजाती महासङ्घ, मानव अधिकार एलाइन्स, वुद्धिजीवि परिषद, उत्पीडित जातिय मुक्ती समाज, रिर्टर्नी फेड्रेशन, जिफन्ट, किशान महासङ्घ शिक्षक सङ्घठन, कर्मचारी सङ्घठन र स्वास्थ्यकर्मी सङ्घलाई जिम्मा दिएइको बताइएको छ । झण्डा, सेल्फि स्ट्यान्ड टोपिको लागि इन्द्रप्रसाद आचार्य, दिपक पाण्डे र सइन्द्र राईलाई जिम्मा दिएको छ ।

जन-साँस्कृतिक महासंघ र अनेरास्वीयुद्धारा साँस्कृतिक र्‍यालीको आयोजना
जन-साँस्कृतिक महासंघ खोटाङले बुधबार साँस्कृतिक र्‍यालीको आयोजना गरेको छ । चैत १९ गते दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने वृहद आमभेला लाई सफल बनाउन महासंघ र अनेरास्वीयुले साँस्कृतिक र्‍यालीको आयोजना गरेको हो ।

जन-साँस्कृतिक महासंघ केन्द्रिय सस्दय एवम् जन-साँस्कृतिक महासंघ एक नम्बर प्रदेश कमिटी सचिव प्रमोद श्रेष्ठका अनुसार भोली (विहान) ७ ः३० बजे पुष्पलाल स्मृति भवनबाट शुरु हुने साँस्कृतिक र्‍याली हाडाँडाँहुदै दिक्तेल बजारस्थित जिरो प्वाइन्ट रत्नपार्कमा साँस्कृतिक र्‍यालीको समापन गरिने छ । साँस्कृतिक र्‍यालीमा सुसन घिमिरे, उमेश खड्का, जुनु परियार, वेविका आचार्य, प्रशिका भट्टराई, सविना राई, सजना खवास र सलिना भुजेलले नृत्य गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।

जनसभालाई सफल बनाउने र हजार बढी मान्छे एमालेमा प्रबेश गराउन सिङ्गो एमालेको टिम लागि परेको छ, यसमा जिल्ला ईन्चार्ज विशाल भट्टराई , सह- ईन्चार्ज उषाकला राई लगाएत सम्पुणर् जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटी दिन रात खटि रहेका छन् ।

दिक्तेलबजार स्थित हेलिप्याडमा गर्ने भनिएको आमभेला ठाउँ नपुग्ने भएकोले माटिकोरे खेल मैदानमा सारिएको नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । अध्यक्ष ओली १९ गते विहान ८ बजे हेलिकोप्टरमार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने र हलेसी दर्शन पछि दिक्तेल आउने तयारी रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार ००:००  ९ : ५६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली