१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुम्रेधारापानीमा नवनिर्मित स्वास्थ्य केन्द्रको पक्कि भवन उद्घाटन

डुम्रेधारापानीमा नवनिर्मित स्वास्थ्य केन्द्रको पक्कि भवन उद्घाटन



खोटाङ, १६ चैत । खोटाङको रावावेँसी गाउँपालिका-४ डुम्रेधारापानीमा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पक्कि भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई तले पक्कि भवन रहेको सात कोठे आधारभूत स्वास्थ्य केन्द्रको पक्कि भवन रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले रिवन काटेर उद्घाटन गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयको ३७ लाख ६० हजारको लागतमा निर्माण गरिएको स्वास्थ्य केन्द्रमा पालिकाले तीन जना कर्मचारीलाई नियुक्ती गरी एक अहेव, एक अनमी र कार्यालय सहयोगीको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको रावाबेँसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताउनुभयो ।

डुम्रेस्वास्थ्य संस्था आउन करिव दुई घण्टा पैदल हिडेर आउनु पर्ने बाध्यताको अन्त्य भएको छ । प्रमुख निरौलाका अनुसार, “अब आमनागरिकलाई सहज तरिकाले उपचार गराउनका लागि नागरिकको पायक पर्ने ठाउँमा स्वास्थ्य संस्थाको स्थापना भई सञ्चालनमा आएपछि साविकको डुम्रेधारापानी गाविसका वडा नम्बर- ६, ७, ८ र ९ का नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।”

उद्घाटन कार्यक्रममा स्वास्थ्य केन्द्र निर्माणका लागि नौ आना जग्गा निःशुल्क प्रदान गर्नुहुने जग्गादाता र उपभोक्ता समितिका पदाधिकारीहरुलाई समेत सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको छ । निःशुल्क प्रदान गर्नुहुने जग्गादाता सन्तोष राई, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर मगर, सचिव होमबहादुर बोगटी, खड्गबहादुर मगर र कोषाध्यक्ष शान्ता खनाललाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको प्रमुख निरौलाले बताउनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  ७ : १३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली