८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले सुदृढ भएर अगाडी बढेको छ : अध्यक्ष ओली

नेकपा एमाले सुदृढ भएर अगाडी बढेको छ : अध्यक्ष ओली



खोटाङ, १९ चैत । खोटाङमा स्थानीय निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, आमभेला, जनसभा तथा अन्तर्कियाका कार्यक्रमहरु बाक्लिदै गएका छन् । आफ्नो गाउँठाउँका जनप्रतिनिधि छान्न जनता पनि उतितकै उत्सुक छन् । शनिबार खोटाङ पुग्नुभएका एमालेका अध्यक्ष ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी महादेव र हलेसी मारतीका गुम्बाको अवलोकन गर्दै हलेसी महादेवमा भेटि स्वरुप दुई लाख रुपैया दान गर्ने बताउनुभयो ।

यो मुलकको विकास र समृद्धीको परिवर्तन एमाले बाहेक अन्य पार्टीले नगर्ने बताउनुभएको छ । (एमाले) देशमा पहिलो पार्टी भएको र एमालेलाई जिताउदा द्रुत गतिमा एमालले विकास गर्ने समेत स्पष्ट पार्नुभयो । खोटाङ जिल्लालाई समृद्ध बनाउनका लागि हलेसीमा गुरु योजना लागु गराउनका लागि साथै हलेसी महादेवको प्रचार-प्रसार तथा प्रर्वद्धनमा आफुले महत्वपूणर् भुमिका खेल्ने बताउनुभयो ।

दिक्तेल बजारमा भएको वृहत जनसभालाई सम्बोधन गर्दे ओलिले नेकपा एमाले सुदृड भएर अगाडी बढेको अध्यक्ष ओलिले बताउनुभएको छ । मुलुक भरी केहि मान्छे भ्रममा परेर अन्त लाग्नुभएपनि एमाले अझ बलियो भएर अगाडी बढेको र केहि मान्छेहरुको नियत, उद्देश्य खराब भएका कारण अन्तैबाट परिचालित भएर एमाले पार्टीलाई कुनै असर पर्देन । उहाँले भन्नुभयो, “केही गलत पात्रहरुले हाम्रो गौरवशाली पार्टी छाडेको तर अन्य पार्टीका असल व्यक्तिहरु एमालेमा आएका कारण कोही पनि नआत्तिनु होला ।”

एमाले नयाँ जनादेश लिनका निम्ति जनताको घरघरमा जिल्ला जिल्लामा पालिका पालिकामा एमालेले अभियान नै सञ्चालन चलाएको छ। जनसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशको परिस्थिती सामान्य नभएको बताउनुभएको छ । देशमा प्रतिगमन भएका कारण षडयन्त्रपूणर् ढंगले लोकतान्त्रिक विधिबाट स्थापित सरकारलाई विस्थापित गरिएको बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालले जिल्लाका दश वटै स्थानीय तहमा एक दिने कार्यशाला गोष्ठि समेत सम्पन्न पारेको छ । कार्यक्रममा अध्यक्ष ओलीपत्नी राधिका शाक्य, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा हज्जारौ अरु दलबाट आएका व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ००:००  ७ : ५९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली