११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले खोटाङ : दश स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेद्वार लगायो टुंगो

एमाले खोटाङ : दश स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेद्वार लगायो टुंगो



खोटाङ, १२ वैशाख । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले खोटाङका दश स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लागेको छ । एमाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटिले आइतबार दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाएको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखमा कुमार आचार्य, उपप्रमुखमा बिणादेबी राई र राजकुमारी राईमध्ये एकलाई उम्मेद्वार बनाउने निणर्य गरेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुखमा खडेन्द्र राई र उपप्रमुखमा तुलसा बुढाथोकीलाई उम्मेद्वार बनाएको छ ।

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगरलाई अघि सारिएको एमालले जनाएको छ ।

जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ,

यस्तै, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहमा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ००:००  ९ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली