८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षको दौडमा सामाजिक अभियान्ता

वडाध्यक्षको दौडमा सामाजिक अभियान्ता



खोटाङ, २० बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी राजेन्द्र राई समाज सेवाका पर्याय हुन् । विद्यालय व्यवस्थापन समिति होस् या सामुदायीक वन उपभोक्ता महासंघ, कृषि सहकारी होस् या यायोक्खाको संस्थागत विकासमा उनको कदरयोग्य योगदान छ । सामाजिक सेवाका क्षेत्रमा जिल्लामै परिचित अनुहार हुन् उनी ।

विभिन्न संघसंस्थामा बसेर सामाजिक सेवाको काम गरेरै आफ्नो उर्वर समय विताएका राजेन्द्र अहिले भने वडाध्यक्षको चुनावी मैदानमा उत्रिएका छन् । सामाजिक संघसंस्थाको माध्यमबाट मात्र नभएर जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्नका लागि वडाध्यक्षमा उठेको राई बताउँछन् । उनलाई नेकपा एकीकृत समाजवादीले वडाध्यक्षको उम्मेदवार बनाएको हो । वडाध्यक्षका उम्मेद्वार उनी हाल भोट माग्दै घरदैलो गरिरहेका छन् ।

को हुन् राजेन्द्र ?
२०४६ सालदेखि राजेन्द्र राजनीतिमा जोडिएका हुन् । सरस्वती माबि दिक्तेलमा अनेरास्वबियुको प्राक सचिव हुँदै जिल्ला कमिटि सचिव बने । राष्ट्रिय जनसाँस्कृतिक मञ्चको जिल्ला कमिटि सचिवदेखि प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सदस्यको भूमीका निर्वाह गरे । हाल उनी सामुदायीक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष, वडा शिक्षा समितिको सदस्य, रुपाकोट रेडियो सञ्चालक समिति सदस्य, भुतपुर्व विद्यार्थी मञ्च दिक्तेल बहुमुखी क्याम्पसको उपाध्यक्ष छन् ।

उनीसँग श्रीमाबि बाँसबोटेको तीन कार्यकाल अध्यक्ष र तीन कार्यकाल सदस्यका रुपमा काम गरेको अनुभव छ । उनी बुद्धेश्वर कृषि सहकारी संस्थाको संस्थापन अध्यक्ष, किरात राई यायोक्खाको भुपु सदस्य र किरात राई चाम्लिङ खाम्वातिम खोटाङको भुपु सचिव पनि हुन् । हाल उनी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य छन् । खानीडाँडा विमानस्थल बनाउनमा सहयोग र समन्वयदेखि विभिन्न सडक निर्माणमा पनि उनको योगदान रहेको छ ।

यस्ता छन् प्रतिवद्धता–पत्र

वडाध्यक्षका उम्मेदवार राईले लफ्याङको विकासका निम्ति आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाई, कृषि, पर्यटन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, सडक, सुचना तथा सञ्चार, वन तथा वातावरण, भू–उपयोगलाई ध्यानमा राखेर प्रतिवद्धता–पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धतापत्रमा गर्भवती तथा सुत्केरी आमाको हरेक महिना स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, हरेक ६ महिनामा वडा कार्यालय तथा विद्यालयमा स्वास्थ्य शिबिर सञ्चालन गर्ने, श्रीमाबि बाँसबोटेमा प्राविधिक शिक्षाको अवधारणालाई पूर्णता दिने, रोजगारमुलक शिक्षामा जोड दिने भनिएको छ ।
यस्तै, ऐतिहासिक धारा तथा कुवाको जिर्णोद्धार गरी संरक्षण गर्ने, एक घर एक हिल ट्यांकीको व्यवस्था मिलाउने, साप्सु खोलाबाट लिफ्टिङ योजना सञ्चालन गर्ने, वर्षाको पानी जम्मा गरी रिचार्ज पोखरी स्थापना गरी पानीको श्रोत सञ्चय गर्ने, बहुवर्षीय फलफुल खेतीलाई प्रोत्साहित गर्ने, बाँदर आतंक नियन्त्रण गर्ने, मझुवा तथा देबिस्थानमा बहुसाँस्कृतिक धार्मिक लगायत बहुआयमिक क्षेत्रको व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनाउने उल्लेख छ ।

महिला, युवा, दलित, आदिबासी, जनजाती, अपांग लगायतका लागि सिपमुलक तालिमको व्यवस्था गर्ने, छुवाछुत तथा महिलाहिंसारहित वडा बनाउन प्रयास गर्ने, सामाजिक सुरक्षा भत्ता घरैमा पु¥याउने, निर्माणाधिन खेलमैदानको मापदण्ड बमोजिम स्तरोन्नती गर्दै अन्य खेलमैदान बनाउने, खेलाडीलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाउने प्रतिवद्धता–पत्रमा उल्लेख छ ।

यस्तै, सडकको स्तरोन्नती गर्ने, विद्युत विस्तार गर्दै उज्यालो लफ्याङ घोषणा गर्ने, काठ उत्पादन, जडिबुटी उत्पादन, वन्यजन्तुको संरक्षण गरी स्वच्छ वातावरण निर्माणमा जोड दिने, चालिसे पहिरोको भू–क्षय रोक्न वृक्षोपण गर्ने, बाँझो जमिनलाई हराभरा बनाउन उपयुक्त बाली लगाउन सिँचाई, बीउ बिजन, मलको व्यवस्था गर्ने भनिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ७ : ४३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली