१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिला विद्यार्थीको, अहिले नगरको भविष्य बनाउने रेसमा खडेन्द्र

पहिला विद्यार्थीको, अहिले नगरको भविष्य बनाउने रेसमा खडेन्द्र



खोटाङ,२४ बैशाख । अधिकांशको लक्ष्य जीवनमा स्थायी जागीर खाने हुन्छ । स्थायी जागीरे बन्ने दौडमा संघर्ष गर्दै-जाँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडेन्द्र राई पनि स्थायी शिक्षक बन्न सफल भए । तर उनी जीवनभर स्थायी जागीरेका रुपमा मात्र रहन चाहेनन् । स्थायी शिक्षकको जागीर छाडेर उनी नेकपा एमालेको पूर्णकालिन राजनीतिमा होमिए ।

तिनै खडेन्द्रलाई एमालेले अहिले हलेसी तुवाचुङ नगरपालिकाको मेयरको उम्मेदवार उठाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेले उनलाई नै मेयरको टिकट दिएको थियो । तर उनी कांग्रेसका इवन राईसँग पराजित भएका थिए ।

दोश्रोपल्ट मेयरको टिकट हात लागेसँगै उनी चुनावी दौडमा व्यस्त छन् । मतदाताको घरदैलो र मेलापातमा पुगिरहेका छन्
जागीरका सिलसिलामा खडेन्द्रले दुधकोसी प्रावि बाहुनीडाँडा, दोर्पा, हलेसी महादेवस्थानको डाँडागुठ हुँदै आफ्नै गाउँको दामोदर महासिं प्रावि दुर्छिममा पुगेर पढाए ।

दामोदर महासिं प्राविमा पढाइरहेकै बेला उनी २०५८ सालमा एमालेको जिल्ला कमिटि सदस्य बने । केही समय उनले जागीर र राजनीतिलाई सँगै अगाढि बढाए तर पदीय हिसावले उनीमाथि शिक्षणमा रहने वा जागीर छाड्ने नैतिक संकट सिर्जना भयो ।

राजनीतिमा सम्भावना छ भन्दै राजनीतिप्रति हौस्याए । अन्ततः उनले २०६१ सालमा स्थायी शिक्षकको जागीर छाडेर राजनीतिमा होलटाइमर बन्ने निर्णय लिन पुगेका हुन् । स्थायी जागीर छाडेपछि परिवारको आर्थिक संकट टार्न उनी ठेक्कापट्टा गर्न समेत अघि सर्नुपर्ने अवस्थामा पुगे । व्यवसायीक कृषिमा लागे । उनको व्यवसायीक कृषि कर्म त अहिले पनि चलिरहेकै छ ।

२०३८ सालमा अखिल पाँचौबाट राजनीति सुरु गरेका खडेन्द्रले २०४८ सालमा कम्युनिष्ट पार्टिको संगठित सदस्यता लिएका थिए । शिक्षण पेशा अपनाइरहेकै बेला २०४८ मा गाउँ कमिटि सदस्य, २०५४ मा गाउँ कमिटी सचिव, २०५५ मा ६ नम्बर ईलाका सचिव, २०५८ सालमा जिल्ला कमिटी सदस्य, २०५९ सालमा सचिवालय सदस्य हुँदै २०६३ सालमा उप–सचिबको जिम्मेवारीमा पुगे ।

तर उपसचिव बनेको ६ महिनापछि नै उनले पद त्याग गर्नुपर्ने अवस्था आयो । जिल्लामा एमाले र नेकपा एकीकृत एकीकरण हुँदा एकीकृतबाट आएका बबी चाम्लिङलाई उप–सचिब छाड्नुपर्ने अवस्था आएपछि उनी सचिवालय सदस्य बनेर पार्टीको काममा सक्रिया बने । लामो समयसम्म सचिवालय सदस्यदेखि संगठन बिभाग प्रमुखको नेतृत्व सम्हालिसकेका उनी हाल प्रदेश कमिटि सदस्य छन् ।

बुवा बक्तबहादुर र आमा जनलवी राईको कोखबाट २०२२ मंसिर १४ गते खडेन्द्रको अन्तरे छोराको रुपमा जन्म भएको हो । सामान्य परिवारमा जन्मिएका उनलाई परिवारमै कम्यूनिष्ट बुझ्ने र चिन्ने वाताबरण मिल्यो । त्यही बुझाईले उनलाई जीवनभर कम्यूनिष्ट बन्ने बाटोमा डो¥याएको हो । दामोदर महासिंह प्राविबाट प्राथमिक तहको अध्ययन सुरु गरेका उनले २०४० सालमा दुर्छिम माविबाट एसएलसी र २०४८ सालमा दिक्तेल बुहुमुखी क्याम्पसबाट आईए उत्तिर्ण गरेका थिए । उनी कार्यकर्तामाझ असल र ईमान्दार नेताका रुपमा परिचित छन् । सादा जीबन उच्च विचारमा बिश्वास गर्छन् । सामान्य जिबनशैली अपनाउछन् ।

यस कारण खडेन्द्रलाई भोट

मेयरमा निर्वाचि भएर ‘समृद्ध हलेसी, सुखी हलेसीबासी’को सपना पुरा गर्ने खडेन्द्रको अठोट छ । पुर्वको पशुपतिनाथ मानिने त्रि–धार्मिकस्थल हलेसीको विकास समितिको अध्यक्ष भएर काम गरिसकेका कारण उनीसँग हलेसीको सर्वाङ्गीण विकास गर्ने प्रष्ट ‘भिजन’ छ । मेयरमा निर्वाचित भए नगरको संमृद्धि र परिवर्तन गर्ने योजना सहित चुनावी मैदानमा उत्रिएको राई बताउँछन् ।

‘जयरामदेखि विजुलेसम्म मध्यपहाडी राजमार्गले छोएको हलेसीलाई बिकास गर्न धेरै समय लाग्दैन,’ उनी भन्छन्, ‘मेयरमा निर्वाचित भएँभने प्रथम तः म स्थानीयलाई रोजगार दिने किसिमका योजना कार्यान्वयन गर्नेछु ।’ नगरमा एमाले र माओवादीबिचमा चुनावी गठबन्धन भएकाले आफ्नो विजय निश्चित भएको राईको दावी छ । तर यसका लागि ३० बैसाखसम्म पर्खनुपर्ने हुन्छ । नवयुगबाट

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  ११ : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली