८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले पार्टी परित्याग गरी एकैदिन ७२ जना कांग्रेसमा प्रवेश

एमाले पार्टी परित्याग गरी एकैदिन ७२ जना कांग्रेसमा प्रवेश



खाेटाङ,२५ बैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका -११ राजापानीमा नेकपा एमालेबाट छ दर्जन बढि नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन्। भुवन थापा मगर तथा रमेश राईकाे नेतृत्वमा उक्त संख्यामा एमालेबाट नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

खार्मि,ऐसेलुखर्कलगायतका ठाउँहरूबाट विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरिरहँदा यता भने वडा कमिटी नै रित्तिने गरी एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरेका हुन् । आसन्न स्थानिय निर्वाचन लक्षित चुनावी कार्यक्रममा ती कार्यकर्ताहरूले पार्टी परित्याग गरेका हुन् ।


नव प्रवेशि नेता तथा कार्यकर्ताहरूलाई कांग्रेस नेता सर्वधन राई ,हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख एवम नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राई, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश सदस्य बिमला राई लगायतका नेताहरूले पार्टि प्रवेश गराएका थिए।


कार्यक्रममा बाेल्दै ,आगामि निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उप-प्रमुखका उम्मेदवार रमेश राउतले पाँच वर्षे कार्यकालमा सुरू गरेर सम्पन्न हुन नसकेका सबै बिकासका कामहरू आगामि कार्यकालमा समापन गर्ने र अन्य नयाँ आयाेजना साथै विभिन्न जनपक्षीय कामहरु गर्न बाँकि रहेकाे हुँदा पहिलाे पाँच वर्षे कार्यभार सफल तवरले सम्पन्न गर्न सफल रहेकाे नगर उपप्रमुख बिमला राई र म सहितकाे समुहलाई आसन्न स्थानिय निर्वाचनमा बिजयी गराउन आग्रह गरेका थिए।


पाँच वर्ष सम्म हलेसि तुवाचुङ नगरपालिकाकाे उप-प्रमुखकाे जिम्मेवारी समाल्दा केही असलै कामहरू गरेकाे महसुस गर्दै याे पटक नगर प्रमुखकाे उमेदवारी सहित नगरवासिकाे माझमा रहेकाे छु,आशा गर्छु गत पाँच वर्षमा जतिपनि नगरवासिहरुकाे मनमा रहेँ त्यहि मायाँलाई निरन्तररता दिँदै सेवारत रहने प्रयासमा रहेकाेले तपाईंहरूकाे भाेटसहित मायाकाे आशा गरेकाे छु, नगर प्रमुखका उम्मेदवारसमेत रहेकाे बिमला राईले बताउनुभयो।


हरेक पार्टी र संगठनमा केहि अराजक र एकलाैटि तवरले अघिबढ्ने स्वभावभएका नेतृत्वकर्ताहरू हुन्छ र तिनै एकलकाट्टे प्रबृत्ति चित्त नबुझ्दा संगठनमा रहन अनुचित देखियाे तसर्थ म लगायत ७२ जनाले नै एमाले त्याग्न बाध्य भएकाे हाैँ, याे क्रम अझ बढ्ने छ, एमाले परित्याग गरेका एक नेताले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ७ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली