८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावीसभालाई सम्बोधन गर्न आज बुटवल आउँदै एमाले अध्यक्ष ओली

चुनावीसभालाई सम्बोधन गर्न आज बुटवल आउँदै एमाले अध्यक्ष ओली



रूपन्देही,२५ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लाग्ग्नुभएको छ । नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लाग्नुभएको हो ।

उहाँ बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम छ । बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिनुभयो । अध्यक्ष ओलीले आज बुटवल र तिलोत्तमामा आयाजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनता टाइम्स

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ८ : ३६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली