२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातालाई पैसा बाँड्ने माओवादी कार्यकर्ता लामा पक्राउ

मतदातालाई पैसा बाँड्ने माओवादी कार्यकर्ता लामा पक्राउ



सिरहा,२८ बैशाख । जिल्लाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा स्थनीय प्रेमकुमार लामा रहेको प्रहरीले जनाएको हो । गोलबजार नगरपालिकाका खेलकुद शाखाका कर्मचारी कुसुम लामाका बुवा रहेको बताइएको छ । उनी सोही पालिकाका पूर्व मेयर तथा माओवादी केन्द्र तर्फको मेयर पदको उम्मेदवार देवनाथ साह निकटको मान्छे रहेको स्थनीयहरुको आरोप छ ।

पक्राउ परेका लामाले नगर पालिकाको वडास्थित गुरुधाम गाउँमा मतदलतालाई पैसा बाँड्दै गर्दा नगद रकमसहित स्थनीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

यता इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ परेका लामाबाट नगद नौ हजार बरामद भएको हो तर, उनी मतदातालाई पैसा बाँडेको भन्ने बारे पुष्टि नभएको र थप अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ००:००  २ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली