११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध लागू औषधसहित तीन युवा पक्राउ

अवैध लागू औषधसहित तीन युवा पक्राउ



खोटाङ,१० जेष्ठ । अवैध लागू औषधसहित कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा-२६ जरूवामा चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२६ जरूवा बस्ने ३० वर्षीय किशोर परियार सोही ठाउँ बस्ने ३४ वर्षीय ज्ञानबहादुर पुन पोखरा महानगरपालिकावडा -३१ लामास्वाराका ३१वर्षीय बिक्की भनिने विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट डाइजेपाम-३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा-९० एम्पुल र नाईट्रोभ्याट १५ ट्याबलेट लागू औषध र तीन थान मोबाइलसहित फेला पारी निजहरूलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरू तीनै जनालाई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा हिँडिरहेकाबेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  ८ : ०४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली