९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता

के छानबिन होला त ?

दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता

के छानबिन होला त ?



खोटाङ, १० जेष्ठ । खोटाङमा सामाजिक सूरक्षाभत्तामा व्यापक अनियमितता भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको खुलासा भएको हो।

आर्थिक वर्ष २०७४ सालदेखी २०७६÷७७ आर्थिक वर्षमा सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको प्रमाण एतिबेला विभिन्न अनलाइन सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेका छन् । सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको गोप्य सुचना आएपछि सत्यतथ्य बुझ्न वडामा गएर सूचना माग्दा सूचना दिनै आलटाल गरिएको थियो । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम आएको सूचना अनुसार दिक्तेल–१ दिक्तेलमा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको पाइएको हो । जसअनुसार एउटै व्यक्तिको नाम दुई÷दुई ठाउँमा उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता बुझेको पाइएको छ ।

मृत्यु भएका, दोहोरो नाम गरेका, नागरिकता नम्मर एउटै तथा विवरणमा नाम नभएकाहरूलाई समेत सामाजिक सुरक्षाभत्तामा समावेश गरेर रकम बुझेको देखिएको छ । एउटै नाम नागरिकता नम्मर उल्लेख गरेर तुलसादेवी आचार्य, तुलसा आचार्य, देउबहादुर देउजा, नरमायाँ आचार्य, मिनाकुमारी श्रेष्ठ, बिष्णुमायाँ आचार्य, मोहनकुमारी राजभण्डारी र मुत्यु भैसकेका रत्नप्रसाद आचार्य लगायतको नाम उल्लेख गरेर सामाजिक सुरक्षाभत्ताको रकम त्यहाँका जनप्रतिनिधी र वडा सचिवको मिलेमतोमा रकम बुझेको पाइएको हो ।

यता,सोही वडाकी निर्वतमान वडा सदस्य अन्जना केशी –हाल निर्वाचित महिला सदस्यले विधुवा भत्तासमेत बुझिलिएको पाइएको छ । एउटै व्यक्तिले दुई तिरबाट राज्यबाट एउटा सुविधा लिएपछि अर्कोतिरबाट लिन नपाउने भएतापनी कतिपय जनप्रतिनिधिले दुबै तिरबाट सेवासुविधा बुझ्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  १ : ४० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली