११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौ वर्षीया नाबालिकामाथी जवरजस्ती करणीको प्रयास

नौ वर्षीया नाबालिकामाथी जवरजस्ती करणीको प्रयास



खोटाङ,१३जेष्ठ । विद्यालय जाँदै गरेको अवस्थामा खोटाङमा ९ वर्षीय छात्रामाथि बलात्कार प्रयास भएको छ। बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी विक थरकी छात्रामाथि बलात्कार प्रयास भएको हो।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा आफ्नै घर नजिकै यौन दुव्र्यवहारको शिकार भएकी हुन्। बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिइन्।

उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिइन्। बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए। बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन्। कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाई छ।

रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो। घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर स्थानीय टाठाबाठाले माफ मगाएर मिलापत्र गराएकाे पाइएकाे छ।

तर अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपित भवन फरार छन्।

घटनामा न्यायका लागि पीडित परिवार सिधै प्रहरी कहाँ पुग्न नसकेको पाइएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए। पीडिक विरुद्ध उजुरी परेपछि ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले राती नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ।

थप कानुनी प्रकृयाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ। आरोपितले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुव्र्यवहार गरेको आफन्तले दावी गरेका छन्।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ००:००  ७ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली