११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात दिन भित्र दिक्तेलबजार सडक ढलानको काम शुरू नगरे कारबाही गरिने

सात दिन भित्र दिक्तेलबजार सडक ढलानको काम शुरू नगरे कारबाही गरिने



खोटाङ, १६ जेष्ठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम शुरू नगरे कानुन अनुसार कारबाही गरिने भएको छ । विगत १ वर्ष देखी दिक्तेलबजारको बीच भागमा सडक ढलानको काम शुरू गरेर धराप थाप्ने सूर्य विकास जेभीलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कारबाही गर्ने भएको हो ।

दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम स्थगित भएका कारण यतयात अवरुद्ध भएको, हिडडुल गर्न समेत समस्या भएको र निर्माणधिन सडक ढलान अलपत्र रहेका कारण सवारी दुर्घटनाको जोखिम समेत भएको भन्दै स्थानीयवासिहरूबाट व्यापक जनगुनासो आएकोले सो पत्रको मितिले सात दिन भित्र निर्माण कार्य पुनः सूचारू गर्न सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई आवश्यक पहल गरिदिन नगरपालिकाले पत्र पठाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

यस्तै, नगरपालिकाले सूर्य विकास जेभी सिरहा, लाहनलाई लिखित पत्र मार्फत निर्माणधिन सडक ढलान अलपत्र रहेका कारण सवारी दुर्घटनाको जोखिम समेत भएको स्थानीयवासिहरूबाट व्यापक जनगुनासो आएको हुँदा आजको मिति अर्थात १६ जेष्ठ सोमबारका दिनदेखि सात दिन भित्र पुनः दिक्तेलबजार सडक ढलान सूचारू गरी यथाशिघ्र निर्माण सम्पन्न गर्नका लागि आग्रह गरेको छ । अन्यथा सार्वजनिक खरिद अनुगमन लगायत सम्बन्धित निकायहरूमा कानुन बमोजिम कारबाहीको लागि सिफारिस गरिने भएको छ । यदि ७ दिन भित्र काम शुरु नगरे पक्राउ गर्ने र कडाभन्दा कडा कारबाही गरिने छ । नगरप्रमुख भट्टराईले भन्नुभयो, “एक वर्ष देखि बजारको बीच भागमा काम शुरू गरेर धराप थाप्ने ठेकेदारप्रति हामी कानुनी कारबाहीमा जान्छौँ, र कानुनत जरीवाना तिराएर काम शुचारू गराउँछौँ ।” बजारलाई सफा, सुन्दर र हराभरा बनाउने जनाइएको छ ।

हाल सम्म सडक ढलानको भौतिक प्रगति हेर्दा करिब ६५ प्रतिशत मात्र भएको देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुल्सिराम खरबुजाले बताउनुभयो । आयोजनाले ठेकेदार कम्पनिको असार सम्मका लागि १३ लाख रुपैयाँ हर्जना राखेको जनाइएको छ । यदि असारसम्ममा पनि निर्माण कार्य भएन भने कालोसूचितर्फ जाने छ । आयोजना प्रमुख खरबुजाले भन्नुभयो, “कालोसूचितर्फ जान हामीले वैङ्कलाई ताकेता गरेर निर्माण कम्पनिको जमानत थिच्ने प्रक्रिया पनि अगाढी बढाएका छौँ ।” उहाँले भन्नुभयो । निर्र्माण कम्पनिले सडक ढलानको काम गर्छु भनिरहेको छ । जसरी पनि असार सम्ममा कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धतासमेत निर्माण कम्पनिले जनाएको छ ।

सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा (भ्याटसहित) वि.सं. २०७८ चैत ८ गते सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी वि.सं. २०७८ असार ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो । बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन् । हाल सम्म निर्माण कम्पनिले ९४ लाख रकम भुक्तानी लिइसकेको आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ००:००  २ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली