५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडासदस्यलाई एमालेकै कार्यकर्ताले दले कालोमासो

वडासदस्यलाई एमालेकै कार्यकर्ताले दले कालोमासो



साङ्केतिक तस्वीर : सोलुखुम्बु,१७ जेष्ठ ।सोलुखुम्बुमा नेकपा (एमाले)बाट निर्वाचित भएका दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमासो दलेर जुत्ताको माला लगाइदिएका छन् । सोताङ गाँउपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमाले कार्यकर्ताले उनीहरूलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहारमा पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङ छन् । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका छन् ।

‘पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ००:००  १२ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली