११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक गुणस्तर क्षेत्रको सुधार गर्ने तयारीमा साकेला गाउँपालिका

शैक्षिक गुणस्तर क्षेत्रको सुधार गर्ने तयारीमा साकेला गाउँपालिका



खोटाङ,२३ जेष्ठ । जिल्लाको साकेला गाउँपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि छलफल अभियान संचालन गरेको छ। पालिकाभित्रका सबै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि छलफल गरेको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीलाई उचित शिक्षा प्रदान गर्ने उद्धेश्यले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीबिच छलफल गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो। ‘पाठ्यक्रम, शिक्षण सिकाई क्रियाकलाप, परीक्षा र मूल्याङकनका कमी कमजोरीहरूलाई एकसाथ उजागर गर्नका लागि छलफलको आयोजना गरिएको हो।’ प्रमुख राईले भन्नुभयो।

व्यावसायिक, सीपमूलक, रोजगारमूलक जीवनोपयोगी एवम् गुणस्तरीय शिक्षामा सवैको सहज, सरल, सुलभ र समान पहुँच सुनिश्चित गर्ने उद्धेश्य राखेर बृहत छलफलको आयोजना गरिएको शिक्षा शाखा प्रमुख कविराज राईले बताउनुभयो।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  ११ : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली