५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वादविवादका क्रममा धकेलेर लडाउदा ६९ वर्षीय पुरूषको ज्यान गयो

वादविवादका क्रममा धकेलेर लडाउदा ६९ वर्षीय पुरूषको ज्यान गयो



खोटाङ,२३ जेष्ठ । सामान्य वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका २९ बर्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा ६९ बर्षीय हरीप्रसाद राईको मृत्यु जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा हरी प्रसाद घाइते भएका थिए । उनको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा सोमबार राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । मृतक हरी प्रसाद धकेल्ने मन कुमारका फुपाजु समेत रहेको प्रहरीले बताएको छ । रुपाकोट खबरबाट ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  २ : ५६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली