११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको महिलाको उद्धार

प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको महिलाको उद्धार



खोटाङ, ३१ जेठ । प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी खोटाङली एक सुत्केरी महिलाको निःशुुल्क उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो ।

राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता आउन नदिन जिल्ला प्रशासन कार्यालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरी प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उनीहरू उपचाररत स्थानीय स्वास्थ्य संस्थाले पठाएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंले पठाएको हेलिकप्टरबाट उद्धार हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार ००:००  १० : २७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली