८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङ :५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत

खोटेहाङ :५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत



खोटाङ,८ असार । खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत गरेको छ।

बुधबार भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष रुपेश राईले वजेट प्रस्तुत गरेका हुन्।

सशर्त अनुदानमा २८ करोड १ सय रुपैयाँ, बिशेष अनुदानमा २ करोड ५० लाख, समपूरक अनुदानमा १ करोड ७० लाख वजेट प्रस्तुत गरिएको छ।

गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष राईले वजेट प्रस्तुत गरेका हुन्।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिहीबार नगर/गाउँसभा गर्ने जनाएको छ। केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।
अन्य स्थानीय तहहरुले शुक्रबार सभा गर्नेछ। खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ००:००  ६ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली