१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मझुवा कालिका भगवती मन्दिरको पर्खाल भासियो !जिम्मेवार निकाय को ?

मझुवा कालिका भगवती मन्दिरको पर्खाल भासियो !जिम्मेवार निकाय को ?



खोटाङ,१९ असार । धार्मिक तथा पर्यटकीयस्थल मझुवाकालिका भगवती मन्दिरको पर्खाल भासिएको छ। शुक्रबार राती परेको अविरल वर्षाका कारण मन्दिरको पर्खाल भासिदा मन्दिरको संरचना उच्च जोखिममा परेको हो ।गतवर्ष मात्रै पुरातत्व विभागबाट निर्माण गरिएको ऐतिहासिक मझुवाकालिका मन्दिर जोखिममा परेको हो।

गुणस्तरहिनकाम गरेकै कारण पर्खाल भाँसिएको स्थानीयले आरोप लगाएका छन् । पर्खाल भासिदा ढुङ्गा,सिमेन्ट र बालुवाबाट निर्माण गरिएको ताकिलसमेत चर्किए हो । मन्दिरको अगाडी पटीको करीव ४० मिटर पर्खाल भासिको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता दीनेश घिमिरे बताउनुभयो । पर्खाल भाँसिएर प्रेसर भएपछि मन्दिरमूनिको ताकिल वारपार चर्किएको छ। उहाँले भन्नुभयो ।

अनुगमनपछि नगरपालिकाको ईन्जिनियरलाई अनुगमन तथा अध्ययनका लागि सोहि दिन दिउँसो मन्दिर परिसरमा पठाईएको थियो । अहिलेलई चिराचिरा परेको ठाउँबाट पानी पस्न नदिने बनाउनुपर्ने ईन्जिनियरले सुझाव दिएको छ।ताकिलमूनि ठूलो भिर रहेको छ। यसरी सोझो अनुमान लगाउन सकिन्छ की कम्सल निर्माण सामग्री प्रयोग गरेकै कारण मन्दिरको पर्खाल भत्किएको हो ।

शनिबार बिहान मन्दिरको पुजारीबाट टेवा पर्खाल भासिएको सूचना पाए लगत्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, दिक्तेलका वडाध्यक्ष नवराज राई, लफ्याङका वडाध्यक्ष घिमिरे, रेडक्रसका मन्त्री छत्रकुमार बजिमयलगायत सरोकारवालाले अनुगमन गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार ००:००  ११ : ५६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली