८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिना दिन नपुग्दै भासियो बधशालाको सपोर्ट वाल

महिना दिन नपुग्दै भासियो बधशालाको सपोर्ट वाल



खोटाङ १९ असार । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हालै सम्पन्न भएको बधशालाको सपोर्ट वाल भासिएको छ । असार ४ गते निर्माण सम्पन्न भएको वाल अविरल वर्षातका कारण भासिएको हो ।

प्रदेश सरकार कृषि मन्त्रालय प्रदेश-१ को रु ९ लाख ६० हजार र जनश्रमदान १ लाख ७ हजार ९८६ रुपैयाँको लागतमा वाल निर्माण सम्पन्न भएको थियो ।

वालसँगै शौचालयको हज, स्याल्ब ढलान भासिएर चिराचिरा परेको छ । तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समितिमार्फत सम्पन्न योजना कमजोर फाउन्डेसन र माटोले खाल्डो पूर्दा चिराचिरा परेर भासिएको स्थानीयले बताएका छन् ।

हतारमा योजना सम्पन्न गर्ने प्रवृतिले अधिकांश योजनाहरू वर्षेनी जोखिममा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार ००:००  २ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली